काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा घटबढ भएन ।
आइतबार प्रतितोला चार सय रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर रेहको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य भने घटेको छ ।
आइतबार प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार प्रतितोला दुई हजार ४० रुपैयाँ कायम भएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँले कम हो ।
FACEBOOK COMMENTS