काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलामा ३ सय रुपैयाँले बढेर तोलाको एक लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि, शुक्रबार सुन प्रतितोला एक लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS