काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुन-चाँदीको मूल्य बढेको छ ।
बिहीबार प्रतितोला पाँच सय रूपैयाँले बढेको सुनको भाउ यस दिन प्रतितोला दुई हजार रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार आठ १० रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँले बढी हो ।
FACEBOOK COMMENTS