काठमाडौं । सामेबार पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला रु. २४०० र चाँदीको मूल्य प्रतितोला रु. ३० घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला रु ३ लाख १ हजार ९ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला रु. चार हजार ६९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य गत माघ १५ गते हालसम्मकै उच्च तीन लाख ३९ हजार तीन सय रुपियाँ पुगेको थियो भने सो दिन चाँदीको मूल्य पनि हालसम्मकै उच्च ७ हजार पाँच सय पाँच रुपियाँ कायम भएको थियो ।