 
			                  			              
काठमाडौं । नेपाली सुनचाँदी बजारमा यस वर्षको तिहारपछिको कारोबार निकै उतारचढावपूर्ण रह्यो । तिहारपछिको एक सातामा अधिकांश दिन सुनको मूल्य घट्यो भने एकदिन स्थिर रह्यो र एकदिन बढ्यो ।
कात्तिक ३ गतेपछि तिहारको बिदाका कारण कात्तिक ९ गतेदेखि मात्र सुनचाँदीको कारोबार सुरू भएको थियो ।
कात्तिक ३ गते प्रतितोला दुई लाख ५३ हजार पाँच सय रुपैयाँ रहेको सुनको मूल्य कात्तिक ९ गते आइतबारदेखि १२ गते बुधबारसम्म लगातार घट्यो । कात्तिक ३ गतेको तुलनामा कात्तिक ९ गते आइतबार प्रतितोला ११ हजार ६ रुपैयाँले घटेर दुई लाख ४१ हजार नौ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यस्तै, अघिल्लो दिनको तुलनामा कात्तिक १० गते सोमबार प्रतितोला दुई हजार रुपैयाँले घटेर दुई लाख ३९ हजार नौ सय, कात्तिक ११ गते मङ्गलबार दुई हजार नौ सय रुपैयाँले घटेर दुई लाख ३७ हजार र कात्तिक १२ गते बुधबार सात सय रुपैयाँले घटेर दुई लाख ३६ हजार तीन सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
लगातार चार दिनसम्म घटेको सुनको मूल्य कात्तिक १३ गते बिहीबार भने स्थिर रहँदै दुई लाख ३६ हजार तीन सय रुपैयाँ कायम भएको थियो ।

तर, तिहारपछिको पहिलो कारोबार साताको अन्तिम कारोबार दिन कात्तिक १४ गते शुक्रबार भने सुनको मूल्य अघिल्लो दिनको तुलानमा बढेको छ । कात्तिक १४ गते शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले बढेर दुई लाख ३९ हजार रुपैयाँ कायम भएको छ ।

तिहारअघिको अन्तिम कारोबार र तिहारपछिको कारोबारको एक साताको अन्तिम कारोबारलाई तुलना गरी हिसाब गर्दा यसबीच सुनको मूल्य प्रतितोला १४ हजार पाँच सय रुपैयाँले घटेको देखिन्छ । (तिहारअघिको अन्तिम कारोबार कात्तिक ३ गते सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार पाँच सय थियो भने तिहारपछिको कारोबारको पहिलो साताको अन्तिम काराेबार दिन कात्तिक १४ गते दुई लाख ३९ हजार रुपैयाँ छ ।)

 
              
              
              
              		              
FACEBOOK COMMENTS