काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ११ सयले घटेर तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार सुन तोलाको एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले घटेर २२९० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार चाँदी तोलाको २३४० मा कारोबार भएको थियो ।
गत वैशाखमा एक लाख ९७ हजार ९०० रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको सूनको मूल्य गत बिहीबार एक लाख ९७ हजार ६०० रुपैयाँ पुगेर नयाँ कीर्तिमानीको बाटोमा लागेको थियो । तर, पछिल्लो केही दिनयता लागातार मूल्य घटिरहेको छ ।
FACEBOOK COMMENTS