काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ११ सयले बढेर तोलाको २ लाख १७ हजार १ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मूल्य हो ।
यस अघि भदौ ३१ गते पनि यहि मुल्यमा कारोबार भएको थियो । यसअघि शुक्रबार सुन तोलाको २ लाख १६ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर २६२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २५८० मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS