काठमाडौं । गोरखामा श्रीमतीको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पालुङटार नगरपालिका–३, बोगटीगाउँका शंकर सुनार छन् । श्रीमती २१ वर्षीया अनुष्का परियारको हत्या गरेको उनीमाथि आरोप छ ।
बिहीबार (पुस २४) बिहान उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
शंकरले कुटपिट गर्दा अनुष्का गम्भीर घाइते भएकी थिइन् ।
स्थानीय हर्मीस्थित आँपपिपल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

FACEBOOK COMMENTS