काठमाडाैँ । शौर्य अटोमोबाइल्स प्रा.लि ले नेपालको प्रिमियम इलेक्ट्रिक गाडी जीआङ्सी जेएमसीजी इलेक्ट्रिक भेइकल ग्रान्ड सेडान सार्वजनिक गरेको छ। शुत्रबार एक कार्यक्रमको गर्दै उक्त गाडी सार्वजनिक गरेको गरेको हो ।
सर्वाधिक मूल्यवान प्रिमियम सेडान को रूपमा परिचित यो गाडी अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन, र विलासितापूर्ण डिजाइनको संयोजनले दिगो गतिशीलतालाई नयाँ परिभाषा दिन लक्ष्य राखेको छ।
जिआङ्सी जियाङलिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेड ले निर्मित ग्रान्ड सेडान नवपर्यावहनको उत्कृष्ट नमूना मानिएको छ । २०१५ मा स्थापना भएको जिआङ्सी जियाङलिङ ग्रुप चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयबाट बिद्तिय उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने प्रारम्भिक कम्पनीहरूमध्ये एक हो। यस कम्पनीको विश्वव्यापी प्रतिष्ठा २०१९ मा रेनुअल्ट समूहले ५ प्रतिशत हिस्सेदारी प्राप्त गरेपछि झनै मजबुत बनेको कम्पनीले जनाएको छ । ।
विशेषगरी नेपालको विविध भूगोललाई मध्यनजर गर्दै तयार पारिएको यस चिनियाँ कम्पनीले विलासिता, व्यावहारिकता, र पर्यावरणीय सचेतनाको उत्कृष्ट सन्तुलन मिलाउँन भूमिका खेल्ने कम्पनीकाे दाबी छ ।
यस गाडीके ब्याट्री क्षमताः प्रतिघन्टा ४९ किलोवाट, मोटर आउटपुटः ९९किलोवाट, रेन्ज ४२० किमी, ग्राउन्ड क्लियरन्सः १७० मिमी, नेपालका भौगोलिक विविधताका लागि उपयुक्त, प्यानोरामिक मूनरुफः यात्राको अद्वितीय अनुभवका लागि ३६० डिग्रि भिजुअल सिस्टमः सुरक्षा सुदृढ गर्न, मिशेलिन हाओयु ४ म्युट टायरः शान्त र सहज यात्रा सुनिश्चित गर्न बुट स्पेसः ४१० लिटर, दैनिक सुविधाको लागि रहेके छ । चिनियाँ कम्पनी उत्पादित यस गाडीके मूल्य हाल ५३ लाख ९९ हजार रहेको छ ।

शौर्य अटोमोबाइल्सका कार्यकारी निर्देशक अखिले सार्वजनिक कार्यक्रममा भने, ‘जिआङ्सी जेएमसीजी इलेक्ट्रिक भेइकल केवल गाडी मात्र होइनस यो नवपर्यावहन, विलासिता, र जिम्मेवारीको प्रतीक हो। यसको उत्कृष्ट विशेषताहरू र प्रदर्शनले यसलाई सर्वाधिक मूल्यवान प्रिमियम सेडानको रूपमा स्थापित गरेको छ।’
