काठमाडौं । फोर्स मोटर्स नेपालले आफ्नो नँया गाडी गुर्खा नेपाली बजारमा विक्रीवितरण शुभारम्भ गरेको छ ।
‘ग्राउण्ड–अप मोडुलर आर्टिटेक्चर प्लेटफर्म’मा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी–वागनलाई प्रतिविम्बित गर्छ । लामो र चौडा वनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी रहेको कम्पनीको भनाइ छ ।
यसमा चारै जना यात्रुका लागि क्याप्टेन सिटलगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवम् ५०० लिटरको बुट स्पेसको व्यवस्था छ । मर्सिडिज निर्मित २६०० सीसी इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा (सेग्मेन्ट) एक मात्र यस्तो गाडी हो जुन विना कुनै समस्या तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्छ ।
त्यस्तै यसमा रहेको एअर इन्टेक स्नोर्कल र चारैवटा पाङ्ग्रामा भएको लक पनि अन्य भन्दा विशेष प्रकारको रहेको छ । अटो मिडिया यो गाडीको टेस्ट ड्राइभसम्बन्धी गरेको कभरेजमा गुर्खा को डिजाइन, इस्टाइल र स्पेस अरु भन्दा उकृष्ट भएको जनाएका थिए ।
पाँचवटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध गुर्खाको वारेन्टी ३ लाख किमि वा ३ वर्ष छ । साथै ग्राहकहरुले चार पटकसम्म निःशुल्क सर्भिसिङ सेवा प्राप्त गर्ने छन् । दक्ष र अनुभवी जनशक्ति तथा अत्याधुनिक पूर्वाधार सहित द गोर्खा २०२१ को अधिकृत विक्रेताले ग्राहकहरुलाई उच्च भन्दा उच्च सेवा र सुविधा प्रदान गर्ने बताइएको छ ।
‘शक्ति, क्षमता ऎवम स्टाइलमा सर्वोत्कृष्ट फोर्स गुर्खा नेपालका बाटोहरुलाई अन्त्यन्त उपयुक्त छ,’ आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाले भने । आयाम फोर्स मोटर्सको लागि नेपालको आधिकारिक विक्रेता हो ।
FACEBOOK COMMENTS