काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले कसैले भन्दैमा राजसंस्था नफिर्किने बताएका छन् ।
आज आइतबार आयोजित विशेष पत्रकार सम्मेलनका क्रममा उनले राजा आउनका लागि जनताले चाहानुपर्ने चर्चा गर्दै यत्तिकै कसैले भन्दैमा राजा नफर्किने बताएका हुन् ।
‘हिजो तपाइँ हामीले राजा फ्याँकेका होइनौँ । अहिले मैले राजा ल्याउँछु भनेँ भने ‘जोक अफ दि इयर’ हुन्छ । तपाइँ हामीले राजा ल्याउँछु भन्नु जोक हो र अहिले आर्मीले तपाइँ आएर बस्नुहोस् भन्दा पनि राजा आउनुहुन्न,’ प्रसाईँले भने, ‘यो चलेको परिपाटी नै छ । तर, मैले बुझेको कुरा के हो भने– राजा आउनुहुन्छ, तर त्यसरी आउनुहुन्न । समय लाग्ला, तर राजा आउनुहुन्छ । त्यसका लागि यो आन्दोलनले पनि सकारात्मक भूमिका खेल्न सक्छ ।’
FACEBOOK COMMENTS