२८ असोज, काठमाडौं ।आपसी मेल र भाइचाराको अभिबृद्धि गर्दै सत्यको विजयी हुने यथार्थ कहानी बोकेको बडादशैँ अब केही दिनपछि हाम्रो घरआँगनमा भित्रिँदै छ । आसुरी शक्तिको नाश गरी दैवीय शक्तिको स्थापना गर्दै बाँच र बचाउको सिद्धान्त बोकी आउन लागेको बडादशैं २०७८ हिन्दूहरुको महान पर्व हो ।
यस महान पर्वमा पारिवारिक जमघट तथा भिडभाड गरि टीका ग्रहण र आशीर्वाद थाप्दा कोभिडको जोखिम उच्च हुने भन्दै बिज्ञले यसबाट जोगिन केहि सुझाव दिएका छन् ।
जुन यस प्रकार छन् :
– जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्ने
– टीकाको कार्यक्रम घरको खुल्ला ठाउँ (आँगन वा छत) मा गर्ने
– टीकाको कार्यक्रम बन्द कोठामा नगर्ने । बन्द कोठामै गर्नुपर्ने बाध्यता भए एसी र पङ्खा नचलाउने ।
– टीका लगाइदिने र टीका ग्रहण गर्ने व्यक्तिले अनिवार्य मास्क लगाउने
-दुवै पक्षले राम्रोसँग हात धुने वा सेनिटाइज प्रयोग गर्ने
– परिवारका कोर सदस्यमात्रै सहभागी हुने
– कोरोनासँग मिल्दो लक्षण भएका व्यक्ति टीका ग्रहण, खानपिन लगायतका जमघटमा सहभागी नहुने
– टीका लगाइसकेपछि खानपिनको कार्यक्रम खुला ठाउँमा दुई मिटरको दूरी कायम गर्ने
– जेष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गरी खानपिनको व्यवस्था मिलाउने
– जोखिमका कारण परिस्थितिलाई मध्यनजर राखेर आफूलाई परिमार्जन गर्ने
– देश तथा विदेशबाट घर पुगेका परिवारका सदस्यहरूले विशेष सावधानी अपनाउने
– जेष्ठ नागरिक उच्च जोखिममा हुने कुरालाई मध्यनजर राखी सावधानी पूर्वक व्यवहार गर्ने ।
FACEBOOK COMMENTS