काठमाडौं । हाथवे इन्भेष्मेन्ट नेपाल लिमिटेडको १७ औं वार्षिक साधारण सभा भदौं २५ गते आयोजना गरिएको छ ।
हिजो कम्पनी सञ्चालक समितिको २१६ औं बैठकले भदौं २५ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।
सञ्चालक समिति बैठकले १० सेप्टेम्बर २०२५ बुधबार काठमाडौँस्थित आम्रपाली ब्याङ्क्वेटमा साधारण सभाहुने जनाएको छ ।
साधारण सभा बिहान १० बजेका लागि बोलाइएको छ । सभामा लाभांश प्रयोजन तथा सञ्चालक समितिको निर्वाचनसम्बन्धी विषयहरूमा समेत छलफल गरिने भएको छ ।
यससँग सम्बन्धित औपचारिक प्रक्रिया अन्तर्गत कम्पनीले २०८२ भाद्र १३ गतेका दिन शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय पनि गरेको जनाएको छ ।
उक्त निर्णयसँग सम्बन्धित जानकारी सेयरधनीहरूलाई जानकारी गराउने उद्देश्यले २०८२ भाद्र ४ गतेको आर्थिक अभियान राष्ट्रिय दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
यस जानकारीलाई नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरीङ लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, तथा कम्पनी रजिष्ट्रारको कार्यालयमा पठाइएको छ ।
FACEBOOK COMMENTS