काठमाडौं । कर्मचारी सञ्चय कोषले इमाडोलस्थित कोहिनुर हिल हाउजिङ लिलामी बिक्रीमा राखेको छ । सुधिर बस्नेतको यस हाउजिङ कम्पनीले कोषको ऋण तिर्न नसकेपछि कोषले लिलामीमार्फत बिक्री गर्न लागेको हो ।
१०–९–२ रोपनी जग्गा र सोमा निर्माणाधीन आवासीय भवनहरु लिलामी बिक्रीमा राखिएको कोषले जनाएको छ । अब कोषले यहीं सम्पत्ति बिक्री गरी ऋण उठाउनेछ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै कोषले म्यादभित्र ऋणीले कर्जा चुक्ता नगरी सम्झौतामा भएका शर्त तथा अवस्था उल्लंघन गरेकाले सम्पत्ति लिलामी गर्नुपरेको जनाएको छ । खरिद गर्न इच्छुक नेपाली नागरिकरफर्मरकम्पनीलाई ३५ दिनभित्रमा कोषको केन्द्रीय कार्यालय पुल्चोकमा आइपुग्नेगरी बोलपत्र पेश गर्न आहृवान गरिएको छ ।
FACEBOOK COMMENTS