काठमाडौं । भारतको उत्तराखण्डस्थित गौरीकुण्डमा हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा सात जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा पाइलट र २ वर्षीय बालकसहित सात जना रहेको उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणले जानकारी दिएको छ ।
हेलिकोप्टर केदारनाथ मन्दिरबाट भक्तजन बोकेर गौरीकुण्ड उडेको थियो । प्रारम्भिक जानकारीमा दुर्घटनाको कारण खराब मौसम रहेको बताइएको छ । हेलिकोप्टर आर्यन एभिएशन कम्पनीको हो ।
प्राधिकरणका अनुसार हेलिकोप्टरमा उत्तर प्रदेश र महाराष्ट्रका २–२ जना तथा उत्तराखण्ड, राजस्थान र गुजरातका १–१ जना सवार थिए ।
यी समाचारहरू पनि पढ्नुहाेस्
हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु
एअर इण्डियाको जहाज दुर्घटना सेलाउन नपाउँदै भारतमा हेलिकोप्टर दुर्घटना
FACEBOOK COMMENTS