काठमाडौं । गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई नियुक्त गरेको छ ।
सञ्चालक समितिको निर्णयअनुसार इन्स्योरेन्सको धितोपत्र कारोबारसम्बन्धी अभिलेख, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि हिमालयन इन्भेष्टमेन्ट बैंकरलाई नियुक्त गरिएको हो ।
इन्स्योरेन्सको सञ्चालक समितिको विराटनगरस्थित रजिष्ट्रर्ड कार्यालयमा आज मङ्गलबार आयोजित एक समारोहमा दुई पक्षबीच यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
हिमालयन इन्भेष्टमेन्ट बैंकरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेरशमशेर जबरा र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले शेयर रजिष्ट्रार परिर्वतनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
FACEBOOK COMMENTS