काठमाडौं । राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको पक्षमा गतिविधि बढिरहेका बेला पूर्वयुवराज्ञी हिमानी शाह र उनका सुपुत्र पूर्वनवयुवराज हृदयेन्द्र शाह जुम्ला पुगेका छन् । आज शनिबार जुम्ला गएका उनीहरूलाई समर्थकहरूले विमानस्थलमा बाजागाजा र नाराबाजीसहित भव्य स्वागत गरेका छन् ।
उनीहरूले हिमानी ट्रष्टले गुठीचौर गाउँ विकास समितिअन्तर्गत मनिसाँघुमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यास गरेका छन् ।
हिमानी र हृदयन्द्र आज जुम्लाकै काञ्जिरोवा रिसोर्टमा बास बस्ने बताइएको छ ।
FACEBOOK COMMENTS