काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक आज बस्ने लागेको छ ।
बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा विहान ११: ३० बजे बस्ने भएको् हो ।
बैठकमा समितिको कार्यक्षेत्रका बारेमा र समितिको आगामी कामकारबाही सम्बन्धी छलफल हुनेछ ।
यस अघि बसेको समितिको बैठकले रास्वपा सांसद डा. कृष्ण हरि बुढाथोकीलाई समितिको सभापतिमा चयन गरेको थियो ।