काठमाडाैं । आर्थिक वर्ष २०८१/ ८२ को माघ महिनासम्म जीवन बीमा कम्पनीहरुले कुल ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, यो अवधिमा १ करोड ३४ लाख ७ हजार ४८ वटा बीमा पोलिसी बिक्री गरिएको छ।
नेपाल लाइफ इन्सुरेन्स कम्पनीले ७ महिनामा सबैभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ। यसले २६ अर्ब ५४ लाख रुपैयाँको बीमाशुल्क संकलन गर्न सफल भएको छ।
त्यसैगरी, नेशनल लाइफले ११ अर्ब २३ करोड रुपैयाँ संकलन गरेकाे छ । एलआइसी नेपालले ११ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ।
यस्तै, हिमालयनले लाइफ ९ अर्ब ९० करोड ,सूर्यज्योति लाइफले र ५ अर्ब ९५ करोड रुपैयाँको बीमाशुल्क संकलन गरेर गरेका छन्।
आधिकारिक तथ्याङ्क अनुसार, एशियन लाइफले ५ अर्ब ७ करोड, सिटिजन लाइफले ३ अर्ब ९८ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ३ अर्ब ९२ करोड, सानिमा रिलायन्स लाइफले ३ अर्ब ८० करोड, मेट लाइफले ३ अर्ब ३७ करोड, आइएमई लाइफले २ अर्ब ९० करोड, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ८५ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ७९ करोड र सन नेपाल लाइफले २ अर्ब ३८ करोड रुपैयाँको बीमाशुल्क संकलन गरेका छन्।
FACEBOOK COMMENTS