पछिल्लो समय शेयर बजारमा लगानीकताको आकर्षण बढ्दो छ । अनलाइन माद्यामबाट शेयर कारोबार गर्न मिल्ने भएपछि उद्योगी व्यवसायीदेखि विद्यार्थी र सामान्य नागरिक समेत शेयरमा लगानी गर्न उत्साहित छन् । शेयरमा डिम्याट खाता नै ३५ लाख माथि पुगिसकेको छन् ।
कतिपय लगानी गर्न इच्छुकले अझै पनि शेयरमा कसरी लगानी गर्ने भन्ने जानकारी नहुँदा शेयर बजारमा प्रवेश गर्न सकेका छैनन् । शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताले शेयरबजार प्रवेश गर्नु अघि निम्न कुरा जान्न आवश्यक छ ।
के हो शेयर ?
शेयर भनेको कुनै पनि कम्पनीको पुँजीको विभाजित अंश हो । हरेक कम्पनीको सबैको आ–आफ्नै पुँजी हुन्छ । जुन पुँजीलाई टुक्रा–टुक्रा पारेर विभाजन गरिन्छ । त्यसैलाई शेयर भनिन्छ । शेयर सामान्यतया दुई प्रकारका हुन्छन् ।
१. प्राथमिक शेयर (आईपिओ)
२. द्वितीय शेयर
तिमी मेरो शेयर भर । मेरो स्थिति यस्तो छ । म यति वर्षमा लाभांश दिन सक्छु, यतिका दरले दिन सक्छु, मेरो योजना यस्तो हो भनेर कुनै कम्पनीले सर्वसाधारण समक्ष सेयर भर्नका लागि आह्वान गर्छ त्यो प्राथमिक शेयर हो । जसलाई आइपिओ पनि भनिन्छ ।
आईपीओ मार्फत आह्वान गरिने एउटा सेयरका लागि लगानीकर्ताले सामान्यतया एक सय रुपैयाँ तिर्नुपर्छ । मानौँ त्यो कम्पनीले ३० प्रतिशत सर्वसाधारणलाई दिने भन्यो भने ३० करोड बराबरको ३० लाख कित्ता सेयर जारी गर्छ । त्यसका लागि नियामक निकायले अनुमति दिनुपर्छ । यही आईपीअे मार्फत प्राप्त हुने सेयरलाई प्राथमिक शेयर भनिन्छ ।
त्यसरी जारी भएको शेयरलाई ‘स्टक एक्सचेन्ज’ मा लगेर सूचीकरण गरिन्छ । स्टक एक्सचेन्जबाट खरिद गरिने भनेको द्वितीय शेयर हो । त्यसलाई दोस्रो बजार भनिन्छ । अहिलेका लागि सामान्यतया यो दुईवटा बजारलाई हेर्न सकिन्छ ।
शेयर कारोबार कसरी गरिन्छ त् ?
शेयर कारोबार गर्ने विभिन्न तरिका छन् । सबैभन्दा पहिला ब्रोकरकहाँ जानु प¥यो । नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भइसकेका सबै शेयर कारोबार गराउने माध्यमका रुपमा ब्रोकर अर्थात दलाल हुन्छन् । नेपालमा कति दलाल छन कहाँ कहाँ छन् भनेर थाहा पाउन नेपाल धितोपत्र बोर्डको वेबसाइट र नेपाल स्टक एक्सचेन्ज दुवैको वेबसाइट हेर्न सकिन्छ ।
ती मध्ये कुनै एकबाट कारोबार गर्न सकिन्छ । आज भोलि सजिलो छिटो धेरै मानिसले ब्रोकरकहाँ गएर टीएमएस अनलाइन खाता लिएर घरमै बसिबसी पनि द्वितीय बजारबाट सेयर खरिद विक्री गर्न सकिन्छ । आफूलाई कुन कम्पनीको सेयर किन्न मन छ ? कुन कम्पनीमा रुचि छ ? त्यहाँका आधारमा सेयर खरिद विक्री गर्न सकिन्छ । सेयर बजारमा सूचीकृत हुने हरेक कम्पनीका आ–आफ्ना सिम्बोल हुन्छन् । ती सिम्बोलबारे पनि जानकारी हुनु आवश्यक छ ।
शेयर बजार सम्बन्धि जानकार हरुले नयाँ शेयर कारोबार गर्ने आउनेका लागि प्राथमिक बजारबाटै आउन सल्लाह दिन्छन । जानकारका अनुसार दोस्रो बजार भनेको विस्तारै सिकिने कुरा हो । प्राथमिक बजारमा आउँदा कुन शेयर खुल्दै छ, कहिले खुल्दैछ भन्ने जानकारी लिन धितोपत्र बोर्डको वेबसाइटबाट थाहा पाउन सकिन्छ ।
प्राथमिक सेयरका लागि अनिवार्य रुपमा बैंक खाता चाहिन्छ । बैंक खाता आस्बामा आबद्ध भएका बैंकहरुमा खोल्नुपर्छ। सबै बैंक आस्बामा आबद्ध छैनन् । बैंक खातापछि डिम्याट खाता चाहिन्छ । डिम्याट खाता खोल्न बैंकको खाता नम्बर अनिवार्य चाहिन्छ । यी काम गरिसकेपछि बैंकबाट सिआरएन नम्बर लिनुपर्छ। साथै मेरो शेयरका लागि पनि आवेदन दिन पाइन्छ । मेरो सेयर लिइसकेपछि अनलाइनबाटै आईपीओ भर्न सकिन्छ ।
त्यसपछि विस्तारै जाने भनेको दोस्रो बजार हो । अब आईपीओबाट परेको सेयर बिक्री गर्न ब्रोकरकहाँ खाता खोल्नुपर्छ । ब्रोकरबाटै दोस्रो बजारका सेयरहरु खरिदबिक्री गर्न सकिन्छ । दोस्रो बजार बुझ्नका लागि वा त्यहाँबाट सेयर खरिद बिक्री गर्न शेयर बजारको नियामक धितोपत्र बोर्डले के नीति लिइरहेको छ भन्नेबारे पनि जानकारी राख्नुपर्छ । नेपाल राष्ट्र बैंक, बीमा समिति तथा सरकारका नीतिले पनि सेयर बजारलाई प्रभावित पार्न सक्छन् । आफूले सेयर खरिद विक्री गर्न चाहने कम्पनीका निति नियम, कम्पनीको त्रैमासिक विवरण, कम्पनीको वार्षिक सभाले निकालेको वार्षिक विवरण, शेयर बजार सम्बन्धी कानून लगायतका विषयमा जानकारी राख्नुपर्छ।
शेयर बजार सम्बन्धि जानकारका अनुसार– सेयर कसरी कहिले बढ्छ ठ्याक्कै भन्नलाई सुत्र छैन । कुनै मेसिनमा हालेर आउने पनि होइन । यो जति बेला पनि उकालो ओरालो लाग्न सक्छ । हामीले जहिले पनि शेयर कारोबार गर्दा दुईवटा पक्षलाई हेर्नुपर्छ । मैले कम्पनीमा किन लगानी गर्दै छु ? बजारकै मात्र लाभ खाने हो कि ? अथवा कम्पनीले दिने लाभ खाने हो कि ? त्यो हेर्नु महत्वपूर्ण कुरा हो । के गर्ने के खाने कुरालाई पहिले नै हेरेर जाने हो भने अवस्य लाभ लिन सकिन्छ ।
बंगलादेशमा सन् २०१० ÷११ मा तथा चाइनामा पनि सन् २०१५÷१६ मा ठूलो संकट आएको थियो । नेपालमा त्यस्तो स्थिति ननिम्त्याउँ । सबै जना बुझेर जानेर अध्यन सेयर कारोबारमा लागाँै, हो–हल्लाको पछी नलागौँ ,धैर्यता अपनाउँ , लगानी गर्दा घाटा पनि हुन सक्छ नोक्सान पनि । आजसम्म नेपालमा संकट आएको छैन । शेयर बजारमा कमाइ विस्तारै हुन्छ । आज किनेपछि भोलि घट्छ भन्ने पनि सोचौँ । घट्दा के गर्ने भन्ने प्लान गरौँ । बढ्दा चिन्ता गर्नु पर्दैन । शेयर बजारमा लाग्नु छ भने चिन्ता गरेर होईन अध्ययन र विचार गरेर लाग्नु उत्तम मानिन्छ ।
FACEBOOK COMMENTS