काठमाडौं । नेपाल राष्ट्र बैंकले आईएमई डिजिटल सोलुशन लिमिटेड र खल्ती प्रालिबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ ।
दुवै संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व मर्जरपछि बन्ने संस्थामा सर्ने गरी अन्तिम स्वीकृति प्रदान गरेको हो । अन्तिम स्वीकृति पाएसँगै यी दुई संस्था आपसमा मर्ज भइ आगामी साउन १ गतेदेखि एकीकृत कारोबार सुरू गर्ने भएका छन् ।
मर्जरपछि ‘आईएमई खल्ती लिमिटेड’ को नामबाट डिजिटल कारोबार हुने राष्ट्र बैंकले जानकारी दिएको छ । डिजिटल भुक्तानीप्रदायक संस्थाबीच हुन लागेको यो मर्जर सम्भवत: पहिलो हो ।
यसैबीच, राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायक पेवेल नेपाल प्रालि र सजिलो पे–पेमेन्ट सर्भिसेज प्रालिको अनुमतिपत्र खारेज गरेको छ । भुक्तानी तथा फर्छयौट ऐन, २०७५, भुत्तलानी तथा फर्छयौट विनियमावली, २०७७, भुक्तानी प्रणालीसम्न्त्री एकीकृत निर्देशन, २०८१ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ का विभिन्न प्रावधानहरूको उल्लंघन गरेको भन्दै केन्द्रीय बैंकले ती दुई सेवाप्रदायकको अनुमतिपत्र खारेज गरेको जनाएको छ ।
पेवेल नेपाल प्रालिले २०७७ असोज ११ र जिलो पे–मेन्ट सर्भिसेज प्रालिले २०७७ चैत १७ गते राष्ट्र बैंकबाट अनुमति लिएर सेवा सञ्चालन गर्दै आएका थिए ।
FACEBOOK COMMENTS