काठमाडौं । २७ अगस्ट देखी सुरू हुन लागेको एसिया कप २०२२ का लागि भारतीय टोली तयारीमा जुटेको छ।
यसका लागि चयनकर्ताले भारतीय टीमको घोषणा गरेका छन्। रोहित शर्माको कप्तानीमा भारत आठौंपटक एसिया कपको उपाधि जित्न चाहन्छ। भारतीय टीममा उत्कृष्ट खेलाडीहरू छन्। तीमध्ये यहाँ भारतलाई एसिया कप जिताउन सक्ने तीन खेलाडीको बारेमा चर्चा गर्दैछौं।
ऋषभ पन्त
ऋषभ पन्त अहिले तीनै प्रारूपको क्रिकेटमा भारतीय टोलीका लागि नम्बर एक विकेटकिपर ब्याट्सम्यान हुन्। यसपटकको एसिया कप टी-२० फर्म्याटमा खेलाइनेछ। पछिल्ला केही वर्षमा पन्तले आफ्नो ब्याटिङमा धेरै सुधार गरेका छन्।
जब भारतीय टीम अप्ठ्यारो परिस्थितिमा पुग्छ, तब पन्त ढाल बनेर उभिन्छन्। पन्तको एक हातले छक्का प्रहार गर्ने तरिका लोकप्रिय छ। उनको विकेटकिपिङ कौशल पनि अचम्मको छ। पन्तले भारतका लागि ५४ टी-२० खेलमा ८८३ रन बनाएका छन्। एसिया कपमा कप्तान रोहित शर्माले उनीबाट धमाकेदार खेलको अपेक्षा गरेका छन्।

सूर्यकुमार यादव

सूर्यकुमार यादवले सन् २०२१ मा भारतीय टोलीबाट डेब्यु गरेका थिए। त्यसबेलादेखि उनी उत्कृष्ट प्रदर्शन गरेर भारतीय टोलीका लागि मध्यक्रममा बलियो कडी बनेका छन्। उनले इंग्ल्यान्ड र वेस्ट इन्डिज भ्रमणमा आफ्नो खेलबाट सबैको मन जितेका छन्। उनले इङ्ल्यान्डविरुद्ध टी-२० क्रिकेटमा शतक बनाएका थिए। सूर्यकुमारलाई भारतका ‘एबी डिभिलियर्स’ भनिन्छ। उनी मैदानको चारैतिर स्ट्रोक बनाउन माहिर छन्। सूर्यकुमारले भारतका लागि २३ टी-२० खेलमा ६७२ रन बनाएका छन्।

दीपक हुड्डा
दीपक हुड्डाले आयरल्यान्डविरुद्ध शतक प्रहार गर्दै भारतीय टीममा आफ्नो स्थान पक्का गरेका थिए। उनी क्रिजमा टिकेर ब्याटिङ गर्न माहिर छन्। उनीसँग हारेका खेल जिताउने क्षमता छ। ब्याटिङका अलावा हुड्डा बलिङमा पनि टोलीका लागि योगदान दिन सक्छन्। उनको स्पिन बलको सामु ब्याट्सम्यानलाई टिक्न निकै समस्या हुन्छ। हुड्डाले भारतका लागि नाै टी-२० खेलमा २७४ रन बनाएका छन्। जसमा एक शतक पनि समावेश छ।