काडमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीले साधारण सेयर आईपीओ निष्काशन गरेको छ । कम्पनिले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ३३ करोड ३२ लाख ५० हजार रुपैयाँको ३३ लाख ३२ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमा आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि निष्कासन गरेको छ ।
आयोजना अति प्रभावित फुङलिङ नगरपालिका- १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका- १ तथा भिक्वाखोला गाउँपालिका-१ र २, मेरिङदेन गाउँपालिका( २ र ३, आठराई त्रिवेणी गाउँपालिका( ५ तथा मैवाखोला गाउँपालिका- १ का स्थानीयलाई १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाका बासिन्दालाई १९ लाख ९९ हजार ५०० कित्ता शेयर निष्काशन गरेको छ ।
यस्तै ४ लाख ९९ हजार ८७५ कित्ता साधारण वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावितले माघ १८ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा फागुन ४ गतेसम्म आवेदन दिन सकिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ १८ गतेसम्म मात्रै आवेदन दिनसक्नेछन् ।
यसको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । आयोजना प्रभावित स्थानियले सानिमा मिडिल तमोर हाइड्रोपावरको कार्यालय, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका स्थानीय तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS