काठमाडौं । पियोर इनर्जीको आइपीओ आज बैशाख ११ गते बिहीबार बाँडफाँट सम्पन्न भएको छ ।
यो आइपीओमा १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएकामा १८ लाख ४६ हजार ६६४ जनाको आवेदन मात्र स्वीकृत भएको थियो ।
यसमा गोलाप्रथामार्फत १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।
बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका रहेको पियोर इनर्जीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।
आइपीओको नतिजा पियोर इनर्जीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट र सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट बाट हेर्न सकिनेछ । यस्तै, मेरोसेयर एपमार्फत पनि आइपीओ नतिजा हेर्न सकिनेछ ।
FACEBOOK COMMENTS