काठमाडौें । सुनको मूल्य शुक्रबार पाँच सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, बिहीबार सुन तोलाको ९९ हजारमा किनबेच भएको थियो । शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९९ हजार निर्धारण भएको छ । चाँदीको मूल्य भने २१ रुपैयाँले बढेको छ। बिहीबार एक हजार तीन सय ३४ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँ निर्धारण भएको छ ।
FACEBOOK COMMENTS