काठमाडौं । इरानले अमेरिका, फ्रान्स र बेलायतलाई इजरायललाई समर्थन नगर्न चेतावनी दिएको छ ।
इरानी मिडियाका अनुसार इजरायललाई समर्थन गरेमा इरानले तीन देशका सैन्य अड्डाहरू र जहाजहरूलाई निशाना बनाउने चेतावनी दिएको हो ।
बेलायतले इरानी आक्रमणको प्रतिक्रियामा इजरायलको सुरक्षा प्रयासहरूको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । तर, बेलायतले कुनै पनि सैन्य कारबाहीमा भाग नलिएको बताइएको छ ।
शुक्रबार बिहानदेखि इजरायलले इरानमाथि आक्रमण सुरू गरेपछि दुवै देशले एकअर्काविरुद्ध आक्रमण गरिरहेका छन् । इजरायलले गरेको आक्रमणमा सेनाका वरिष्ठ अधिकारीसहित आठभन्दा बढी परमाणु वैज्ञानिकको मृत्यु भएको छ भने इजरायलमा इरानले गरेको आक्रमणमा अहिलेसम्म तीन जनाको मृत्यु भएको बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो आणविक कार्यक्रममा सम्झौता गर्न चेतावनी दिँदै यदि त्यसो नगरेमा आक्रमण अझ बढी भयानक हुने बताएका छन् ।
FACEBOOK COMMENTS