काठमाडौं । अमेरिकाको रक्षा मुख्यालय पेन्टागनले इरानसँगको युद्धका लागि ठूलो रकम माग गरेको खबर सार्वजनिक भएको छ ।
अमेरिकी अखबार द वासिङ्टन पोस्ट का अनुसार पेन्टागनले राष्ट्रपति कार्यालयसँग २०० अर्ब अमेरिकी डलरभन्दा बढी बजेट स्वीकृत गर्न अनुरोध गरेको हो ।
अखबारले एक वरिष्ठ प्रशासनिक अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार यो रकम हालसम्म इरानमा सञ्चालन गरिएको सैन्य अभियानको खर्चभन्दा धेरै हुने बताइएको छ । उक्त बजेट मुख्य रूपमा प्रयोग भइसकेका आवश्यक हतियारको उत्पादन तत्काल बढाउनका लागि माग गरिएको उल्लेख छ ।
पछिल्ला दुई हप्तामा पेन्टागनले विभिन्न शीर्षकमा पटक–पटक थप बजेट माग गर्दै आएको पनि समाचारमा जनाइएको छ । द वासिङ्टन पोस्ट ले यसलाई लिएर अमेरिकी संसदमा ठूलो राजनीतिक विवाद हुन सक्ने आँकलन गरेको छ ।
फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमा शुरु गरेको आक्रमण अन्त्यहीन देखिदा विश्वव्यापी असर पर्न शुरु भएको छ । खासगरी विश्वव्यापी इन्धन वितरण अवरुद्ध हुदा विश्वका धेरैदेशमा इन्धन संकट शुरु भएको छ ।

FACEBOOK COMMENTS