काठमाडौं । जनसवाल पब्लिकेशन प्रालिद्वारा प्रकाशित ‘जनसवाल राष्ट्रिय दैनिक’को १८ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । राजधानीको दरवारमार्गस्थित दरबार रेस्टुरेन्टमा सम्पन्न गरिएको हो ।
पत्रिकाका अध्यक्ष तथा सम्पादक रामजी बगालेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागीहरूले वर्तमान अवस्थामा प्रिन्ट मिडिया संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको बेला जनसवालले निरन्तर १८ वर्ष पार गर्नु महत्त्वपूर्ण भएको बताउँदै आगामी दिनमा थप प्रगतिका लागि काम गर्ने बताए । यस्तै जनपक्षीय पत्रकारिताका साथै एनआरएनए,वैदेशिक रोजगार,रेमिटेन्सको विषयलाई महत्वका साथ जनसवालले उठाइरहेको सो क्रममा उनले बताए।
प्रतिनिधिसभा सदस्य उर्मिला माझीले जनसवालले जनताका मुद्दालाई प्राथमिकता दिएकोमा खुसी लागेको उल्लेख गर्दै असल समाज निर्माणमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुने बताइन्। उनले आगामी दिनमा पत्रिकाले जनजीविकाका मुद्दालाई प्राथमिकता दिँदै समाजलाई सही दिशामा डोहोरयाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।
साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत नरेशविक्रम ढकालले जनसवालले प्रवासका मुद्दालाई निरन्तर उठाइरहेको भन्दै आभार प्रकट गरे ।
आफू विगतमा कतारको राजदूत हुँदा पनि जनसवालसँग हातेमालो गरेरै अघि बढेको उल्लेख गर्दै आगामी यात्रामा पनि यसैगरी अघि बढ्न चाहेको र सबैसँग सहकार्य हुने विश्वास व्यक्त गरे । उनले जनसवालको १८ औँ वार्षिकोत्सवको अवसरमा आफू सहभागी हुन पाउँदा खुसी लागेको भन्दै उत्तरोत्तर प्रगतिको कामना गरे ।
एनआरएनएकी पूर्वअध्यक्ष रविना थापाले एनआरएनएको हरेक अभियानमा जनसवालले अग्रस्थानमा रहेर समाचार सम्प्रेषण गरेको भन्दै यसका सम्पादक बगाले प्रवासका नेपालीहरूको सुख दुखको सारथि बनेको उल्लेख गरिन । उनले प्रवासका विषयमा थप उजागर गर्दै अघि बढ्न समेत शुभकामना दिइन ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले पत्रकारिताको माध्यमबाट आर्थिक क्षेत्रको समग्र विषय जनसवालले उठान गरिरहेको भन्दै अर्थतन्त्रलाई सकारात्मक दिशामा डोहोरयाउन पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहने बताए । उनले १८ वर्षसम्म प्रिन्ट मिडिया सञ्चालन गर्न सफल भएकोमा शुभकामना दिँदै आगामी दिनमा थप सफलताको शुभकामना दिदै सहकार्य गरेर अगाडि बढ्ने बताए ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष मलहोत्राले जनसवालको १८ औँ वार्षिकोत्सवको अवसरमा आफू
सहभागी हुन पाउँदा खुसी लागेको भन्दै उत्तरोत्तर प्रगतिको कामना गरे । उनले जनसवालसङ्ग बिगतमा पनि सहकार्य गरेर अगाडी बढेको र भबिस्यमा पनि सहकार्य गर्ने जनाउदै जनसवालले समाजमा धेरै उदाहरणीय कार्यहरु गरेको बताए ।
नेपाल वैदेशिक रोजगार ब्यावसायी संघका अध्यक्ष राजेन्द्र भन्डारीले जनसवाल दैनिकको १८ औँ वार्षिकोत्सवको अवसरमा उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गर्दै जनसवालसङ्ग बिगतमा पनि आफु,बैदेशिक रोजगार ब्याबसायीहरु र बैरो संघसँग सहकार्य गरेर अगाडी बढेको र भबिस्यमा पनि सहकार्य गर्ने बताए ।
जनसवालले समाजमा ऎना बनेर बैदेशिक रोजगारको क्षेत्रमा र प्रवासमा रहेका नेपालीहरुको लागि धेरै उदाहरणीय कार्यहरु गरेको जनाउदै भन्डारीले भबिस्यमा जनसवालबाट अझै धेरै आशा गरेको बताए । अध्यक्ष भन्डारीले बैदेशिक रोजगार ब्यावसायलाई पारदर्शी,ब्यबस्थित,मर्यादित बनाउन शुरुवातदेखि नै जनसवालको ठूलो भुमिका रहेको जनाउदै बैरो संघ र बैदेशिक रोजगार ब्याबसायीले जनसवाललाई आफ्नै सन्चारमाध्यम मानेको बताए ।
एनआरएनएका पूर्वप्रवक्ता सोम सापकोटाले एनआरएनएको स्थापनादेखिका हरेक अभियानमा जनसवालले अग्रस्थानमा रहेर समाचार सम्प्रेषण सङ्गै अभियन्ताका रुपमा कार्य गरेको भन्दै सम्पादक बगाले र जनसवाल प्रवासका नेपालीहरूको सुख दुखको साथी भएको बताए । सापकोटाले एनआरएनएमा अहिले केही समस्या देखिएकोमा दुख ब्यक्त गर्दै छिट्टै समाधान हुने बताए । उनले जनसवालले एनआरएनएका विषयमा थप उजागर गर्दै अघि बढ्न समेत शुभकामना दिए।
सो अवसरमा सम्पादक बगालेले जनसवाललाई अहिलेको अवस्थामा ल्याइपुरयाउन सहयोग गर्ने शुभेच्छुक, विज्ञापनदाता, पाठकवर्ग,गैरआवासीय नेपालीहरु,वैदेशिक रोजगार ब्यावसायीहरु,उद्दोगी ब्यावसायी सबैप्रति हार्दिक आभार प्रकट गरे । उनले जनसबाल १८ वर्षको वयस्क भएकाले आगामी दिनमा पत्रिका थप सशक्त ढंगले अगाडि बढने बताए । उनले आफुहरुले १८ वर्ष यात्रा सफलतापुर्वक पार गरेर पत्रिका परिपक्क भएको बताउदै पत्रीकाको नाम अनुसारको काम गर्ने जनाए ।
FACEBOOK COMMENTS