काठमाडाैं । मंसिर ४ गते हुने निर्वाचनका लागि जसपाले प्रतिनिधिसभा तर्फ १२ जना उम्मेदवारकाे नाम टुंगाे लगाएकाे छ ।
नेकपा एमालेसँगकाे तालमेलमा १७ सिट पाएकाे जसपाले १२ सिटकालागि उम्मेदवारकाे नाम टुंगाे लगाएकाे हाे । अन्य ५ सिटकालागि नाम टुंगाे लगाउन पार्टीभित्र छलफल भइरहेकाे जसपाका एक केन्द्रिय नेताले कर्पाेरेटखबरलाइ बताए । उनका अनुसार भाेलि अाइतबारसम्ममा सबै उम्मेदवारकाे नाम टुंगाे लाग्ने छ ।
यी हुन् जसपाले टुङ्ग्याएका १२ उम्मेदवार:
सप्तरी –२ उपेन्द्र यादव
सिरहा–२ राजकिशोर यादव

सिरहा–४ वीरेन्द्र महतो

धनुषा–१ दीपक कार्की

धनुषा–२ गंगाराम यादव
धनुषा–४ महाजन यादव
सर्लाही–१ प्रमोद शाह
सर्लाही–४ राकेश मिश्र
बारा–२ रामसहाय प्रसाद यादव
बारा–३ रामबाबु कुमार यादव
पर्सा–१ प्रदीप यादव
पर्सा–२ सुरेन्द्र कुर्मी