बुटवल । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
शुक्रबार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र पार्टीको तर्फबाट प्रदेशसभा सदस्य रहेकी अम्बिका काफ्लेले प्रदेशसभामा दर्ता गराएकी हुन् ।
पत्रमा नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भएबमोजिम जसपा नेपालले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख छ । साथै, पत्रमा प्रदेशसभाको बैठकमा जसपालाई विपक्षी बेञ्चमा व्यवस्थापन गर्न समेत अनुरोध गरिएको छ ।
८७ सदस्यीय प्रदेशसभामा जसपा नेपालबाट काफ्ले एक जना मात्रै सांसद छिन् । जसपा नेपालका तीन सांसद रहेकामा दुई जना अशोक राई नेतृत्वको जसपामा गएका थिए ।
FACEBOOK COMMENTS