काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १० प्रतिशत र करसहित ५.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
आज बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलले पाउनेछन् ।
FACEBOOK COMMENTS