काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको हो ।
काठमाडौँका लागि डेबिड वार्नरले सर्बाधिक ६६ रन बनाएका थिए भने सहिल पटेलले ३८ रन बनाएका थिए । त्यस्तै सहान अराचचिगेले अविजित ३४ रन बनाएका थिए । त्यसैगरी रुबेन ट्रम्पेलम्यान, शेर मल्ल र अभिशेष गौतमले २-२ विकेट लिएका थिए ।
