काठमाडौं । नेपालको विद्युतीय सवारी (ईभी) बजारमा केरेन एक नयाँ, आधुनिक र द्रुत गतिको रूपमा लोकप्रिय भइरहेको ई–स्कुटर ब्रान्ड हो।
नेपालमा यसको आधिकारिक वितरक इभोक नेपाल प्रा. लि. हाे ।
पेट्रोलको लगातार बढ्दो मूल्यबाट छुटकारा पाउन, शहरमा सहज यात्रा गर्न र कम खर्चमा आकर्षक लुक्स खोज्ने नेपाली ग्राहकहरूका लागि केरेनका विद्युतीय स्कुटरहरू उत्कृष्ट रोजाइमा पर्ने गरेका छन्।
नेपालमा केरेनका केरेन स्टारडस्ट, केरेन ब्लेज, केरेन एसआरटी ५ प्रो / एसआरटी ७ र केरेन ब्लेज प्रो जस्ता मोडलहरू उपलब्ध रहेका छन्।
केरेन स्टारडस्ट
युनिक र फ्युचरिस्टिक डिजाइनमा उपलब्ध यो मोडल हलुका र ट्राफिकमा सहजै चलाउन सकिने शहरी स्कुटर हो। यसले सय किलोमिटरको रेञ्ज प्रदान गर्छ भने मोटरको अधिकतम क्षमता (पिक पावर) १२ सय वाट सम्म उत्पादन गर्छ।
यसमा डिजिटल क्लस्टर र आधारभूत सुरक्षा फिचरहरू समावेश छन्। यसको मूल्य २ लाख १९ हजार रहेको छ।
केरेन ब्लेज
यसमा २.५२ किलोवाट आवर ग्राफिन ब्याट्री र के–टेक मोटर राखिएको यो मोडलले एक पटकको फुल चार्जमा करिब १२० किमीसम्मको रेन्ज र ६५ किमी/घण्टाको टप स्पिड दिन्छ।
यसमा सीबीइस डिस्क ब्रेक, अटो होल्ड, रिभर्स मोड, र ट्र्याक्सन कन्ट्रोल जस्ता फिचरहरू छन्। यसको मूल्य २ लाख १९ हजार रहेको छ।
केरेन एसआरटी ५ प्रो / एसआरटी ७
एग्रेशिभ र स्पोर्टी बडी लुक्समा उपलब्ध यो मोडलमा ७२ भोल्ट ३५ एएच ब्याट्री दिइएको छ।
यसमा क्रुज कन्ट्रोल, स्लोप होल्ड असिस्ट, १६० मिमीको उच्च ग्राउन्ड क्लियरेन्स र ७० किमी/घण्टाभन्दा बढीको स्पिड क्षमता छ। यसको मूल्य २ लाख २९ हजार देखि २ लाख ४९ हजार सम्म पर्छ भने एसआरटी ७ को ३ लाख ४० हजार पर्छ।
केरेन ब्लेज प्रो
लामो दूरीको यात्रा गर्न रुचाउनेहरूका लागि ल्याइएको यो नयाँ मोडलमा ३.७ किलोवाट आवरको एलएफपी (लिथियम आइरन फस्फेट) ब्याट्री र के–टेक डेलहब मोटर छ।
यसले ८५ किमी/घण्टाको टप स्पिड र एक पटकको फुल चार्जमा १५० किमीसम्मको शानदार रेन्ज प्रदान गर्छ।
साथै ३.५ घण्टामै ८० प्रतिशत सम्म चार्ज हुने फास्ट चार्जिङ र कलरफुल डिजिटल डिस्प्ले दिइएको छ।
मूल्य २ लाख ८० हजार निर्धारण गरिएको छ।
पेट्रोलको खर्चको साटो घरमै चार्ज गरेर प्रति–किलोमिटर केही पैसामा मात्रै यात्रा गर्न सकिने, बैंकहरूसँगको सहकार्यमा न्यूनतम डाउनपेमेन्ट (न्यूनतम ५,०००) सम्मको विशेष स्किमसहित किस्ताबन्दीमा खरिद गर्न पाइने, पेट्रोल इन्जिन जस्तो बारम्बार मोबिल फेर्ने वा सर्भिसिङको झन्झट नहुने भएकाले तपाईंको लागि केरेनको स्कुटर रोजाइ हुन सक्छ।