काठमाडौं । आर्मेनियाले नेपालको तर्फबाट वाणिज्य दूतमा किरण मल्ललाई नियुक्त गरेको छ।
भारतको नयाँ दिल्लीमा भएको राइसिना डायलग सम्मेलनमा मल्ललाई नियुक्त गरेको हो ।
मल्ललाई आर्मेनियाको विदेश मन्त्रालयका महासचिव डेविट कारापेत्यानले नियुक्तिको प्रमाणपत्र हस्तान्तरण गरे ।
नवनियुक्त दूत मल्लले नेपाल र आर्मेनियाबीच सहकार्य प्रवर्द्धन तथा व्यावसायिक सम्बन्ध विस्तार र अन्य विविध क्षेत्रमा काम गर्न सकिने बताए ।
FACEBOOK COMMENTS