काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चैत १९ गते बैंकक जाने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको बैंकक भ्रमण स्वीकृत गरेको हो ।
विमस्टेकको छैटौं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली बैंकक जान लागेका हुन् । भ्रमण टोली एक सय सदस्यीय हुने बताइएको छ ।
विमस्टेकमा नेपालका साथै भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड रहेका छन्। चैत २० देखि २२ गतेसम्म छैटौं विमस्टेक सम्मेलन हुँदैछ ।
FACEBOOK COMMENTS