काठमाडौं । सरकारले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने तयारी गरेको छ ।
भदौ २३ र २४ गते जेन्जी आन्दोलनमा भएको दमन र भ्रष्टाचारलगायत घटनाहरूको अनुसन्धान गर्न उनीहरूको राहदानी रोक्का गर्न लागिएको बताइएको छ । खासगरी निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री एवम् नेपाली कांग्रेका नेता रमेश लेखकमाथि सरकारले उच्च निगरानी गरिरहेको बताइएको छ ।
जेन्जी आन्दोलनमा भएको दमनको घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री स्वत: दोषी हुने भन्दै उनीहरूमाथि तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग चर्किरहेका बेला सरकारले उनीहरूको राहदानी रोक्का गर्नेबारे छलफल गरिरहेको विषय बाहिरिएको हो ।
FACEBOOK COMMENTS