काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा प्रवल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभुषित भएका छन् ।
नेपाल राष्ट्रको गौरव एवम् नेपाली जनताको हित अभिबृद्धि गरेबापत आचार्यलाई हिजो बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पदकबाट विभुषित गरेकी हुन् । गत असो ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको पदक राष्ट्रपति भण्डारीले नयाँ वर्ष २०७९ को अवसरमा हिजो वितरण गरेकी हुन् ।
राष्ट्रपति भवनमा आयोजित विशेष समारोहकाबीच उनलाई उक्त पदकद्वारा विभुषित गरिएको हो ।
FACEBOOK COMMENTS