काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं अध्यक्ष दिनेश क्षेष्ठले काठमाडौं बिजनेस एक्सपो सांस्कृतिक पहिचानको उत्सव मात्र नभई उद्यमशीलता, सिर्जनशीलता र समुदायको वृद्धिको पनि पर्व भएकाले उद्योग–व्यवसायको क्षेत्रमा कोशेढुङ्गा सावित हुने बताएका छन् ।
‘यो व्यापारिक मेला मात्र होइन कला, संस्कृति र परम्परालाई एकै ठाउँमा प्रस्तुत गर्नु पनि हो । पछिल्लो समय बजारमा वस्तु र सेवाहरूको मागमा आएको कमी र निजी क्षेत्रको निराशा चिर्नको लागि पनि यो मेला र महोत्सवले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ । एक्स्पोमा अवलोकनकर्ताहरू वस्तु र सेवाको जानकारी, कारोबार, विशेष छुटका साथ खरिद बिक्री गर्दै रैथाने खानाको स्वाद लिँदै सांस्कृतिक कार्यक्रमको पनि प्रस्तुति रहनेछ,’ अध्यक्ष श्रेष्ठले भने ।
उनले युवाले देशमा भन्दा विदेशमा अवसर देख्नु दु:खद् भएको बताउँदै अत्यधिक कर र अनिश्चित कर मुलुकको समृद्धिको बाधक भएको बताए । उनले भने, ‘बढी मेहनत गरी, बढी काम गरी, बढी आय गर्नेबाट बढी कर/राजस्व उठाई काम नगरी बस्नेलाई बाँड्नु समाजवाद हो भने त्यो समाजवाद हामीलाई चाहिँदैन । युवाहरू समान अवसर र कामको सम्मान चाहान्छन् । एउटा मन्त्रीले स्वविवेकले जति पनि जहाँ पनि कर लगाउन सक्ने, जस्तो पनि कर लगाउने सक्ने कर व्यवस्था अब जनताले स्वीकार्दैन । अत्यधिक कर र अनिश्चित कर हाम्रो समृद्धिको बाधक हो ।’
शिक्षा, स्वास्थ्य, सेवा उपलब्ध र सरकार, एउटा सानो परिवार, तिनको सुनिश्चित भविष्य, स्तरीय शिक्षा, स्वास्थ्य सेवा उपलब्धता र सरकार, सरकारी सेवा सहजता, काममा समान अवसर, बढी मेहनत गरी बढी आय गर्न सक्ने आफ्नै एउटा बासस्थान, आफ्नै गाडी, पाँच दिन काम, दुई दिन आराम युवाको सपना भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
‘भृकुटीमण्डपमा हामीलाई देऊ, ४९ वर्षपछि सजावटसहित चिटिक्क पारेर फिर्ता दिन्छौँ’

काठमाडौं महोत्सवमा अवलोकनकर्ताको आकर्षण, आज तेस्रो दिन

FACEBOOK COMMENTS