काठमाडौं । केबीएल सेक्युरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारिक रूपमा धितोपत्र कारोबार शुभारम्भ गरेको छ ।
आज सोमबार एक कार्यक्रमको आयोजना गरी कुमारी बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराले कम्पनीको कारोबार शुभारम्भ गरे ।
कार्यक्रममा केबीएल सेक्युरिटिज लिमिटेड, कुमारी बंैक लिमिटेड तथा कुमारी क्यापिटल लिमिटेड सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति थियो ।
कारोबार सुभारम्भ गरेसँगै शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न केबीएल सेक्युरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले बताए ।
केबीएल सेक्युरिटिज लिमिटेड, कुमारी बैंकको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्डबाट मान्यताप्राप्त सीमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।
FACEBOOK COMMENTS