काठमाडौं । महानगरपालिका-३२ कोटेश्वरस्थित होटल त्रिमुर्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर गठ्ठाघर बस्ने सिराहा मिर्चैया नगरपालिका-६ घर भएका २६ वर्षीय किशन शाह, काठमाडौं बानेश्वर बस्ने धनुषा, धनुषाधाम नगरपालिका-२ घर भएका २० वर्षीय सुभम कुमार यादव र महोत्तरी गौशला गाउँपालिका-८ घर भएका १९ वर्षीय आकाश शाह रहेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले होटलको ३०६ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
मोरङ, उर्लाबारी नगरपालिका-७ पूर्व बस स्टेण्डबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ग्राम सहित भारत बिहार किशनगञ्ज बस्ने ४७ वर्षीया जन्हेरा खातुन समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरीले उर्लाबारीबाट दमकतर्फ जाँदै गरेको को.१ ह ९३९८ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिक्लाजुङ गाउँपालिका-७ बस्ने २५ वर्षीय मेघराज राई र सुनसरी दुहवी नगरपालिका-९ बस्ने २६ वर्षीय नबिन हुसेन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यलाय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, बेलबारी नगरपालिका-११ संगम टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ६० मिलिग्राम र नगद ८ हजार ५ सय रूपैयाँ सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय मनिष गुरूङ, २२ वर्षीय बिशाल राई र लेटाङ नगरपालिका-३ बस्ने ४० वर्षीय जयमान तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी डागीहाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनकुटा, धनकुटा नगरपालिका-१ हिलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ सय मिलिग्राम सहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा नगरपालिका-१ बस्ने ३३ वर्षीय राजेश तामाङ, २८ वर्षीय दिपेश राई, २६ वर्षीय सुजन तामाङ र २१ वर्षीय सुमन तामाङ रहेका छन् । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले राजेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१ सौवाटिकर बस्ने ३७ वर्षीया हेमकला कुमारी कोहारलाई नियन्त्रित लागूऔषध फेनारगन १३ एम्पुल, बुप्रेनोर्फिन १३ एम्पुल र डाईजेपाम १३ एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह सागुनघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय प्रितम गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-६ नकैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-६ हात्तीबोझा बस्ने २४ वर्षीय राजेन्द्र चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS