काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध नेपाल निर्माणका लागि सघाउन निजी क्षेत्रलाई आग्रह गरेकी छिन् ।
ललितपुर चेम्बर अफ कमर्शको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले देशको आर्थिक विकासमा चेम्बर अफ कमर्शले पुर्याएको योगदानको कदर गरिन् । ‘अर्थतन्त्रमा चेम्बरले पुर्याएको योगदान सराहनीय छ, आगामी दिनमा देशको आर्थिक विकासमा सफलता मिलोस्,’ मन्त्री भुसालले भनिन् ।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रका समस्यालाई सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा निरन्तर सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
संस्थाका ललितपुर अध्यक्ष पुष्परत्न शाक्यले स्थानीय र केन्द्रीय सरकारका इकाइमा चेम्बरको प्रतिनिधित्व हुनुपर्ने माग गरे ।
FACEBOOK COMMENTS