काठमाडौं । ग्राहकलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक र धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स प्रा लिबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापश्चात् बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान–पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले सम्पूर्ण दन्त सेवाहरुमा आकर्षक छूट प्राप्त गर्ने भएका छन् । यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
बैंकले प्रदेश १ मा ५ वटा, प्रदेश २ मा १५ वटा, बाग्मती प्रदेशमा ३७ वटा, गण्डकी प्रदेशमा ९ वटा, लुम्बिनी प्रदेशमा १८ वटा, कर्णाली प्रदेशमा २ वटा र सुदूरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरूमार्फत करीब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको जनाएको छ ।
FACEBOOK COMMENTS