काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी नोट ११ एस् र रेडमी नोट ११ प्रो फाइभजी नेपाली बजारमा सार्वजनिक गरेको छ ।
यी फोनहरूको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले र एसओसीमा उल्लेखनीय सुधार गरेर फ्ल्यागशीप फोनको उपलब्धतालाई झनै सहज बनाएको कम्पनीले जनाएको छ ।
रेडमी नोट ११ एस पोलार ह्वाइट, होराइजन ब्ल्यू र स्पेस ब्ल्याकमा उपलब्ध छ भने रेडमी नोट ११ प्रो फाइभजी ग्रेफाइट ग्रे, पोलर ह्वाइट र एट्लान्टिक ब्ल्यूमा उपलब्ध छ । यी दुई वटै फोनहरू ६ जीबी+१२८ जीबी र ८ जीबी+१२८ जीबीको स्टोरेजमा नेपालभरका अनलाइन र रिटेलमा आगामी आइतबारदेखि उपलब्ध हुने छन् ।
रेडमी नोट ११ एस ६ जीबी+१२८ जीबीको मूल्य २९ हजार ९९९ रूपैयाँ र ८ जीबी+१२८ को मूल्य ३१ हजार ९९९ रूपैयाँ कायम गरिएको छ । त्यसैगरी रेडमी नोट ११ प्रो फाइभजी ६ जीबी+१२८ जीबी को ३६ हजार ९९९ रूपैयाँ तथा ८ जीबी+१२८ जीबीको ३९ हजार ९९९ रूपैयाँ तोकिएको छ ।
‘हामीले जुनै पनि नयाँँ काम गर्दा हाम्रा उपभोक्ताहरूको रोजाइ र चाहनालाई ध्यानमा राखेर गर्ने गर्दछौँ । त्यसैले हामी प्रविधिलाई सकेसम्म धेरै भन्दा धेरै मानिसहरूसम्म सहज रूपमा पुर्याउन चाहन्छौँ,’ शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले भने, ‘हामीले अहिले लन्च गरेको रेडमी नोट ११ एस र रेडमि नोट ११ प्रो फाइभजीले फ्ल्यागशीप लेभलको प्रविधिलाई अझै धेरै पहुँचयोग्य बनाउँदै इन्डस्ट्री स्ट्यान्डर्डलाई अझ बढाएको छ र प्रविधिलाई सुलभ मूल्यमा सर्वसाधारणसम्म पुर्याउने हाम्रो मुल मान्यतालाई साकार बनाएको छ ।’
उत्कृष्ट फोटोग्राफीको लागि फ्ल्यागशीप लेभलको क्यामरा
१०८ एमपीको प्राइमरी सेन्सर भएको यी फोनहरूमा जीवन्त र हाइ रेजोलुसनको तस्वीरहरू लिन मिल्छ । साथै यसमा भएको ८ एमपीको अल्ट्रा वाइड एङल क्यामराले ११८ डिग्रीसम्मको फोटो लिनाका साथै २ एमपीको म्याक्रो क्यामराले नजिकबाट फाइन डिटेल लिन सक्छ । साथै यसको २ एमपी डेप्थले पोट्र्रेट फोटोहरूमा नेचुरल बोके इफेक्ट दिने कम्पनीको दाबी छ ।
१/१.५२ को सामसँग एचएम२ सेन्सर, ९ इन १ पिक्सेल बिनिङ टेक्नोलोजी र डुअल नेटिभ आईएसओ भएको यसको मेन क्यामेराले मधुरो प्रकाशमा पनि उच्च गुणस्तरीय तस्वीरहरू लिन सक्ने बताइएको छ । यसको अगाडि भएको १६ एमपीको क्यामराले क्लियर र नेचुरल सेल्फीहरू लिन सक्छ ।
FACEBOOK COMMENTS