काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा सस्तो मूल्यको फ्ल्यागशीप फोन ‘रेडमी नोट ११’ सार्वजनिक गरेको छ ।
उत्कृष्ट फिचर र स्पेक्स भएको फोन ल्याउने चुनौतीलाई माथ दिँदै शाओमीले रेड्मी नोट सेरिजको विरासतलाई अगाडि बढाउने क्रममा यो फोन सार्वजनिक गरेको हो । क्यामेरा, सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले र एसओसीमा शक्तिशाली अपग्रेडहरूको साथमा फ्ल्यागशीप फोनलाई सबैको पहुँचमा पुर्याउने उद्देश्यका साथ हिजो बिहीबारदेखि उक्त फोन नेपाली बजारमा सार्वजनिक गरिएको हो ।
रेडमी नोट ११ ग्राफाइट ग्रे, ट्वाइलाइट ब्ल्यू, स्टार ब्ल्यू कलरमा अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरूमा बिहीबारदेखि नै उपलब्ध हुन थालिसकेको कम्पनीले जनाएको छ । तीन वटा भेरियन्टमा उपलब्ध यो फोन ४ जीबी+६४ जीबी, ४ जीबी+१२८ जीबी र ६ जीबी+१२८ जीबीमा उपलब्ध छ ।
यी भेरियन्टहरूको मूल्य क्रमशः २२ हजार ९९९ रूपैयाँ, २४ हजार ९९९ रूपैयाँ र २६ हजार ९९९ रूपैयाँ कायम गरिएको छ ।
यस्ता छन्, ‘रेडमी नोट ११’को विशेषता तालिकामा हेर्नुहोस्-
FACEBOOK COMMENTS