काठमाडौं । मोरङ व्यापार संघले ३३औं कार्यकारिणी समिति निर्विरोध निर्वाचित गरेको छ ।
नयाँ कार्यसमितिको अध्यक्षमा नवीन रिजाल सर्वसम्मत चयन भएका छन् । संघले आज शुक्रबार रिजालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, वाणिज्यतर्फको उपाध्यक्षमा अनिलकुमार साह, उद्योगतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी, महासचिवमा अनिल सारडा, सचिवमा सञ्जय श्रेष्ठ र कोषाध्यक्षमा राजेश अग्रवाल चयन भएका छन् ।
त्यस्तै, कार्यसमिति सदस्यमा आशीष जाजू, दिपेश सुवेदी, अमित सारडा, पवन राठी, देवाशिष गोल्छा, मनिष माऊ, श्याम भोरज राठी र सुशील सुराना निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, संघको नियमावलीको व्यवस्थाअनुरूप ३३औं कार्यसमितिले वस्तुगततर्फबाट अरविन्द अग्रवाल र गोपाल अग्रवाललाई मनोनित गरिएको छ । त्यसैगरी संघका शाखाहरूबाट चन्द्रबहादुर भट्टराईलाई मनोनित गरिएको संघले जानकारी दिएको छ ।
त्यसैगरी नवनिर्वाचित अध्यक्ष रिजालले अमित राठी र विवेक अग्रवाललाई कार्यकारिणी सदस्यको रूपमा मनोनित गरेका छन् भने संघको महिला उद्यम समितिको अध्यक्ष एवम् ३३औं कार्यसमितिको आमन्त्रित सदस्यको रूपमा बन्दना जैन र युवा उद्यमी समितिको अध्यक्ष एवम् ३३औं कार्यसमितिको आमन्त्रित सदस्यको रूपमा ओम प्रकाश शर्मालाई नियुक्त गरेका छन् ।
संघको ३३औं कार्यकारिणी समितिका अध्यक्ष रिजालसहित नवनिर्वाचित पदाधिकारीहरूले आजै आ–आफ्नो पदभार ग्रहण गरिसकेका छन् ।
अध्यक्ष रिजालले आफ्नो कार्यकालमा सरकार समक्ष विकास निर्माणका कार्यहरूलाई त्रैमासिक रूपमा खर्च गर्ने नीतिका लागि पहल गर्ने, मौद्रिक नीतिको स्वतःस्फूर्त कार्यान्वयनका लागि पहल गर्ने, तीव्र औद्योगिकरणका लागि जोड दिँदै तरलता अभाव, अस्थिर व्याजदर, चर्को विद्युत महशुल, दुवानी खर्च आदि न्यूनीकरण गर्न पहल गर्ने तथा अस्वभाविक नीतिहरूको निराकरणका लागि पहल/पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS