काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४०.९७ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ९२ करोड ३ लाख ७९ हजार रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ७.९९ प्रतिशतले घटेर ११ अर्ब ३७ करोड ६३ लाख ८९ हजार रुपैयाँ रहेको छ ।
बैंकको सञ्चालन नाफा ३८.५५ प्रतिशत बढेर ६ अर्ब ९ करोड ८९ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५३ लाख रुपैयाँ रहेको छ । सेयरधनीलाई लाभांश दिने क्षमता १२ रुपैयाँ ३४ पैसा रहेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९१ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा रहेको छ ।
२४ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २१ अर्ब ९ करोड रुपैयाँ छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ खर्ब ६७ अर्ब ५ करोड ३७ लाख ६ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब ४ करोड १ लाख ७८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।
FACEBOOK COMMENTS