काठमाडौँ । लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) लाई एक करोड ३२ लाख ३२ हजार रुपैयाँ तलब भत्ता दिएको छ ।
बैंकले गत आर्थिक वर्षमा उक्त रकम सीइओलाई तलब भत्ता बापत दिएको हो । बैंकले अन्य उच्च पदाधिकारीहरुलाई ७ करोड ६० लाख २९ हजार रुपैयाँ तलब पारिश्रमिक उपलब्ध गराएको छ ।
बैंकले सञ्चालकहरुलाई भने पारिश्रमिकको व्यवस्था गरेको छैन । सञ्चालक समितिको बैंठकमा भाग लिएबापत प्रति बैठक १५ हजार रुपैयाँ बैंकका अध्यक्षलाई र सञ्चालकलाई १३ हजार रुपैयाँ रकम भत्ताबापत दिएको बैंकले जनाएको छ ।
त्यस्तै, बैंकले यसबाहेक प्रतिमहिना मोबाइल खर्च सोधभर्ना बापत ५ हजार रुपैयाँ र बैठकस्थलभन्दा बाहिरका सञ्चालकहरुलाई सञ्चालकस्तरीय समितिको बैठकमा भाग लिन आउन जानका लागि भम्रण खर्च सोध खर्च उपलब्ध गराएको छ ।
FACEBOOK COMMENTS