काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएलगत्तै पार्टीको मूल नेतृत्वमा फर्किने भएका छन् । स
हकारी ठगी मुद्दा खेपिरहेका उनलाई बिहीबार अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । अदालती प्रक्रिया पूरा गरी उनी आजै रिहा हुने सम्भावना छ ।
नख्खु कारागारमा रहेका उनी शुक्रबार भैरहवा पुग्दै छन् । ’कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापतिज्यू तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुने व्यहोरा अवगत गराउँछौँ’, कार्यवाहक सभापति डीपी अर्यालले भनेका छन् ।
रविविरुद्ध मुद्दा परेपछि लामिछानेले डीपी अर्याललाई कार्यवाहक सभापतिको रुपमा काम गर्न भनेका थिए ।


FACEBOOK COMMENTS