काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा आफन्तलाई नियुक्ति दिइएको भन्दै आलोचना भएपछि सचिवालयले प्रतिक्रिया दिएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीले विधिसम्मत आफूले भरोसा गर्न सक्ने व्यक्तिलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेको दाबी गरिएको छ ।
“प्रधानमन्त्रीको परिवारमा आफूसँग श्रीमान् मात्र रहेको र वृद्ध उमेरका कारण पारिवारिक रूपमा सहयोग गर्न सक्ने विश्वासिलो व्यक्ति प्रधानमन्त्रीज्यूले छनोट गरी नियुक्त गर्नुभएको हो,” सचिवालयले भनेको छ ।
प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधिअनुसार नै नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।
“स्वकीय सचिवालयका प्रमुख स्वकीय सचिव प्रधानमन्त्रीबाट नियुक्त हुने र अन्य पदमा प्रधानमन्त्रीको निर्देशनमा प्रमुख स्वकीय सचिवले नियुक्त गर्न सक्ने व्यवस्था छ,” विज्ञप्तिमा उल्लेख छ ।



FACEBOOK COMMENTS