काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालयविरूद्धको रिट दरपिठविरूद्धको निवेदनमा आज सुनुवाइ हुने भएको छ ।
जापानमा मानव तस्करी काण्डमा जोडिएपछि अधिकारी कात्तिक २५ गते विराटनगरबाट पक्राउ परेका थिए । सो काण्डमा मुछिएका अन्य ११ जनाविरूद्ध भने काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
प्रहरीले अधिकारीसहित १२ जनालाई तीनवटा कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको भए तापनि उक्त काण्डमा अधिकारी संलग्न रहेको नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय भएको थियो ।
FACEBOOK COMMENTS